अमेरिकाले कृत्रिम खाद्य रंगहरूमा प्रतिबन्ध लगाउने
प्रकाशित मिति : बैशाख ९, २०८२ मंगलबार

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जूनियर ले देशभर पेट्रोलियममा आधारित कृत्रिम खाद्य रंगहरू प्रतिबन्ध लगाउने घोषणा गर्ने बताएका छन । स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत यो जानकारी दिएको हो ।
केनेडीले यो निर्णयलाई अमेरिकालाई पुनः स्वस्थ बनाऔँ अभियानअन्तर्गत गरिएको ठूलो कदम भनेर प्रस्तुत गर्ने तयारी गरेका छन् ।
हाललाई प्रतिबन्ध लगाउने कुनै निश्चित मिति तोकिएको छैन । तर मंगलबार हुने पत्रकार सम्मेलनमा उनले थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यी कृत्रिम रंगहरू ब्रेकफास्ट सिरियल, चकलेट, स्न्याक्स र पेय पदार्थहरूमा पाइन्छन् । अध्ययनहरूले ती रंगहरूले केही बालबालिकामा न्यूरोलोजिकल अर्थात स्नायुगत समस्या निम्त्याउन सक्छन्।
यसअघि सन् २०२३ मा क्यालिफोर्निया राज्यले रेड डाई ३ मा प्रतिबन्ध लगाएको थियो । सन् २०२७ देखि यो रंग खाद्य पदार्थ तथा औषधिमा प्रयोग गर्न नपाइने एफडिए ले यस वर्षको सुरुआतमा घोषणा गरिसकेको छ ।
कृत्रिम रंगहरू चकलेट र बेक्ड सामान चकलेट, पेय पदार्थ, केक, पशु आहार र बेकरी तथा पेय पदार्थमा खासगरी पेट्रोलियम आधारित रसायनहरूबाट बनाइन्छन् ।
यी रंगहरूको उद्देश्य केवल बालबालिकालाई आकर्षित गर्ने मात्रै हो । खासगरी फलफूलजस्ता रंगीन प्राकृतिक सामग्री नभएका उत्पादनहरूमा कृत्रिम रंगहरू आवश्यक छैनन् । ति रंगहरुको अभावले कसैलाई क्षति भने पुराउदैन ।
न्यूयोर्क विश्वविद्यालयकी पूर्व पोषण प्राध्यापक मेरियन नेस्टलले अन्य धेरै देशहरूमा यी रंगहरूको प्रयोग पहिले नै बन्द भइसकेको बताइन ।
केनेडीको यो प्रस्तावलाई राज्य सरकारहरूले पनि समर्थन जनाउन थालेका छन ।
पछिल्लो महिना वेस्ट भर्जिनियाले कृत्रिम रंग र संरक्षकहरूलाई प्रतिबन्ध लगाएको छ। अन्य राज्यहरूमा पनि यस्तै खाले प्रतिबन्ध लगानउे कानुनहरु प्रस्ताव गरिएका छन ।
सन् २००८ मा बेलायतले ६ वटा कृत्रिम रंगहरूलाई सन् २००९ भित्र चरणबद्ध रूपमा हटाउने निर्णय गरेको थियो ।