मस्तिष्क
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |

मस्तिष्क स्नायु प्रणालीको एक महत्त्वपुर्ण अङ्ग हो जसले केन्द्रिय स्नायु प्रणाली को सञ्चालक गर्दछ। यसको सुरक्षा खप्परले गर्छ। यो सबै ढाड भएको र केही ढाड नभएको जीवहरूमा पाईन्छ। ढाड भएको जीवको शरिरमा यो सबै भन्दा जटिल अङ्ग हो। यो अङ्ग दृष्टि, बोलि-भाषा, सुनाई, स्वाद तथा नियन्त्रणको प्रमुख केन्द्र हो।
मस्तिष्क निम्न तीन भागहरूमा विभाजित छ:
- मस्तिष्क गोलार्ध (Cerebral Hemisphere)
- अनुमस्तिष्क (Cerebellum)
- मस्तिष्ककाण्ड (Brainstem)
संरचना
[सम्पादन गर्नुहोस्]मानव मस्तिष्क
[सम्पादन गर्नुहोस्]मस्तिष्क मानव शरीरको खप्परभित्र रहन्छ। खप्पर र मस्तिष्कको बीचमा तीन सतह रक्षात्मक "कवच"हरु हुन्छन जसलाई "मेनिञ्जेस" भनिन्छ। यी मेनिञ्जेसहरु बाहिर देखि भित्र सम्म क्रमशः ड्युरा, एराकनोइड र पायामाटर हुन। मस्तिष्कले शरीरका अन्य अंगहरूलाई निर्देशन दिन र अन्य अंगहरूसँग समन्वय गर्न नसा र रसायनहरु (हर्मोन) प्रयोग गर्दछ। मस्तिष्कबाट निस्कने नसाहरूलाई विभिन्न प्रकारले विभाजन गर्न सकिन्छ। जस्तै, मस्तिष्कबाट सिधै निस्कने नसाहरूलाई क्रेनियल नसा भनिन्छ भने मस्तिष्कबाट ढाड हुँदै निस्कने नसाहरूलाई स्पाइनल नसा भनिन्छ। मस्तिष्कमा अङ्गहरूबाट जानकारी ल्याउने नसालाई एफरेन्ट र मस्तिष्कबाट अङ्गहरूमा जानकारी लैजाने नसाहरूलाई इफरेन्ट भनिन्छ।
मस्तिष्कको पोषणको निमित्त शरीरका अन्य अङ्गहरूमा झैँ मस्तिष्कमा पनि रक्त धमनीहरु रहेका हुन्छन। मस्तिष्कमा प्रवेश गर्ने रक्त धमनीहरूले मस्तिष्क भित्र एउटा धमनीचक्र बनाउँछन जसलाई सर्कल अफ विली भनिन्छ। यस प्रकारको धमनीको चक्राकार संरचनाले गर्दा एक धमनी कुनै कारणवशः अवरुद्ध हुंदा पनि अर्को धमनीले मस्तिष्कलाई पोषण दिन सक्ने हुन्छ।
मस्तिष्कमा खैरो र सेतो पदार्थ हुन्छन। साधारण भाषामा भन्नुपर्दा, मस्तिष्कले गर्ने निर्णयहरु/कामहरु खैरो पदार्थमा हुन्छ भने सेतो पदार्थले यस्ता निर्णयहरूलाई एक स्थानबाट अर्को स्थानमा लग्ने काम गर्दछ।
मस्तिष्क र दिमाग
[सम्पादन गर्नुहोस्]दैनन्दिनको सामान्य भाषामा मस्तिष्क र दिमाग एकै हुन् भन्ने गरिन्छ। आधुनिक स्नायुशास्त्र, सङ्ज्ञानशास्त्र र दर्शनशास्त्रमा भने मानव मस्तिष्क र दिमागबीचको भिन्नता र अन्तरसम्बन्धका बारेमा छलफल र अनुसन्धान चलि नै रहेको छ। र यी दुई एकै हुन् भनेर त्यसै भन्न सक्ने अवस्था छैन। यद्यपि, मस्तिष्कबिना दिमागी अवस्थिति सम्भव छैन भन्ने कुरामा अधिकाङ्श विज्ञहरुको एकमत छ।
हेर्नुहोस
[सम्पादन गर्नुहोस्]