रोजगारदाताले लागत खर्च बेहोर्ने गरी साउदी अरबसँग श्रम समझदारीको तयारी
सरकारले साउदी अरबमा कार्यरत नेपालीको २४ घन्टे बिमा हुने गरी श्रम समझदारीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच श्रम समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने जनाइएको छ ।
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ ।
प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ बुधबार स्वदेश फर्कनुहुने भएको छ ।
अमेरिकामा फुटबल क्लब खोल्दै प्रशिक्षक हुमागाई
फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री ओली बेइजिङमा
प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ ।
अमेरिकामा मनाइयो गौरा पर्व
नेपालको सुदूरपश्चिम क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको गौरा पर्व अमेरिकाको मेरिल्याण्ड राज्यस्थित हिन्दू–बुद्ध मन्दिरको प्राङ्गणमा धुमधामका साथ सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओली आज बेइजिङ जानुहुँदै
चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ ।
क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै प्रधानमन्त्रीले क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव नभएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबिच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबिच भेटवार्ता
साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबिच दुई पक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुनुुहुन्छ ।
प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन
शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया)को भ्रमण गर्नुभएको छ ।
‘आदर्श पहाड’ सार्वजनिक
युवा साहित्यकार शम्भु राईको कविता संग्रह आदर्श पहाडको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । अमेरिकाको न्यूयोर्कमा बसिरहनु भएका कवि राईको यो पहिलो कृति हो ।
विजयको ८० औँ वार्षिकोत्सव हामीले किन मनाउने ?
चिनियाँ राष्ट्रपति सी चिन् फिङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , 'जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीहरुलाई पुन: नदोहोर्याउनका निम्ति हो।'
प्रधानमन्त्री ओली चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल शनिबार आइपुग्ने
चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलन र जापानी उपनिवेशविरुद्ध चीनले विजयी प्राप्त गरेको र विश्व फासिस्ट विरोधी दिवसको ८० औँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चिनियाँ शहर तियान्जिन आउँदैछ ।
बीस देशका राष्ट्र र सरकार प्रमुखको जमघटमा प्रधानमन्त्री
चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चिनियाँ शहर तियान्जिन आउँदैछ ।
मासुलगायत कृषिवस्तु निर्यातका लागि चीनसँग नेपालको आग्रह
नेपालले राँगाको मासु ,दुग्ध पदार्थ, तरकारी फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ ।
नेपालको भूभागमाथि छिमेकीका अप्राकृतिक दाबी संवादद्वारा समाधान गर्नुपर्छः उपसभाति डा. वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले लिम्पियाधुरा, लिपुलेक लगायत काली नदी पूर्वको भूभाग नेपालको रहेको विभिन्न ऐतिहासिक सन्धि सम्झौताले पुष्टि गरेको बताउनुभएको छ ।
रुस–युक्रेन युद्धमा मारिएका क्षितिजको दुई वर्षपछि काजकिरिया
रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ ।
बेलायतमा नेपाली मेला : १० हजारले गरे अवलोकन
बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो ।
ब्रोडवे इन्फोसिसलाई अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार
नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।